BIZMANDU
www.bizmandu.com

रसुवा बाढीबारे सरकारले संसदमा जानकारी दिने, प्रधानमन्त्रीसँगको प्रश्नोत्तर नहुने

२०८३ भदौ १०

रसुवा बाढीबारे सरकारले संसदमा जानकारी दिने, प्रधानमन्त्रीसँगको प्रश्नोत्तर नहुने
प्रतिनिधि सभाको बैठक। तस्वीर : रासस


काठमाडौं । सरकारले आज संसदमा रसुवामा गएको बाढी र त्यसले पुर्‍याएको क्षतिबारे जानकारी दिने भएको छ।

GBIME
Tata

आज बस्ने बैठकमा सरकारबाट अवस्थाबारे जानकारी दिइने भएको छ।

आज प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यक्रम थियो। शाहले विपद् व्यवस्थापनको बैठक बोलाएका छन्।

त्यसपछि सभामुख डोल प्रसाद अर्यालले बैठक के गर्ने भन्नेबारे परामर्श थालेका थिए।

‘आज नहुने सम्भावना छ। बाढीले गर्दा सबै उतै व्यस्त हुने देखियो,’ सभामुखको सचिवालयका एक सदस्यले भने।