काठमाडौं। रसुवाको लेन्दे खोलामा आएको बाढीले टिमुरे भन्सार कार्यालयमा ठूलो क्षति भएको छ। भन्सार संरचनासँगै परिसर र यार्डमा राखिएका मालवस्तुसँगै सवारीसाधनमा क्षति पुगेको छ।
बाढीलगत्तै रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगानाले क्षति भएको बिफ्रिङ गरेका थिए। त्यसपछि थप विवरण लिने अवस्था नरहेको र सम्पर्क पनि हुन नसकेको भन्सार विभागले जनाएको छ। निर्देशक किशोर बर्तौलाले भने, ‘क्षति भएको भन्ने प्रारम्भिक सूचनामात्रै पाएका छौँ। थप विवरण लिन सक्ने अवस्था छैन।’
विभागका महानिर्देशक यामलाल भूसाल यतिबेला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग छलफलका लागि गृह मन्त्रालय पुगेका छन्।
टिमुरे भन्सार आसपास चाडबाडलाई लक्षित गरी ल्याइएको सामग्री र चीनबाट आउने सवारी साधन ठूलो मात्रामा रहेको विभागले जनाएको छ।