BIZMANDU
www.bizmandu.com

प्रहरीको तीनवटा युनिट सम्पर्कविहीन, टिमुरे प्रहरी कार्यालयका ५ जना सम्पर्कमा आए

२०८३ भदौ १०

प्रहरीको तीनवटा युनिट सम्पर्कविहीन, टिमुरे प्रहरी कार्यालयका ५ जना सम्पर्कमा आए
प्रहरीको तीनवटा युनिट सम्पर्कविहीन, टिमुरे प्रहरी कार्यालयका ५ जना सम्पर्कमा आए


काठमाडौं । तिब्बततर्फबाट आएको ठूलो बाढीले रसुवाक्षेत्रमा सुरक्षाकर्मीको कार्यालय पनि बगाएको छ। केही सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्।

Vigo
GBIME
Tata

बुधबार बिहान आएको बाढीको कारण टिमुरे, स्याफ्रुबेसी र रसुवामा रहेको नेपाल प्रहरीको युनिट सम्पर्कविहीन भएका हुन्।

टिमुरे कार्यालयमा रहेका प्रहरीमध्ये ५ जना भने सम्पर्कमा आएका छन्। बाँकी १६ जना सम्पर्कमा नभएको प्रहरी प्रधान कार्यालयले नजाएको छ।

अहिले सम्म मानवीय क्षति के कति भयो भन्ने खुल्न सकेको छैन। तर, ठूलो संख्यामा जनधनको क्षति भएको अनुमान छ।

बाढीले नुवाकोटसम्म धेरै भौतिक संरचना समेत नष्ट गरेको छ। प्रहरीले हेलिकप्टरमा डीएसपीको कमान्ड टोली परिचालन गरिसकेको छ।

यसैबीच सशस्त्र प्रहरीको बीओपी पनि सम्पर्कविहीन छ। त्यहाँ कार्यरत प्रहरीको खोजी भइरहेको छ। टिमुरेस्थित सशस्त्रको बोर्डर आउट पोस्ट सुरक्षित भए पनि कार्यक्षेत्र (ड्युटी)मा खटिइएको प्रहरी टोली सम्पर्कविहीन बनेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए। ‘टिमुरेमा रहेको बीओपी सुरक्षित छ, तर ड्युटीमा खटिइएको टोलीसँग सम्पर्क हुनसकेको छैन,’ उनले भने।

प्रभावित क्षेत्रमा रहेका प्रहरी टोलीसँग सम्पर्क गर्ने र स्थिति बुझ्ने प्रयास भइरहेको सहप्रवक्ता थापाले जानकारी दिए।