काठमाडौं । १८औं संस्करण नाडा अटो शो आजबाट सुरु भएको छ। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनाका काठमाडौंको भृकुटीमण्डपमा अटो शो सुरु भएको हो।
अटो शो मा सवारीसाधन, स्पेयर पार्ट्स र बैंक तथा वित्तीय संस्थाका गरी २०० स्टल राखिएका छन्। विभिन्न ब्रान्डका गाडी, बाइक, स्कुटर र बसहरु प्रदर्शनीमा राखिएका छन्।

ग्राहकहरु स्टल स्टल पुगेर गाडीका फिचरहरुबारे बुझिरहेका छन्। केही ग्राहक डिक्कीमा बस्दै फिचर बुझिरहेका देखिन्छन् केही भने गाडी भित्र नै।
स्कुटर र बाइक हेर्न पुग्ने जमात पनि छुट्टै देखिन्छ प्रदर्शनीस्थलमा। नेपालमा बनेको यात्री पी २ स्कुटरको क्रेज दर्शकमाझ देखिन्छ।
प्यासेन्जर गाडीका २३, कमर्सियल गाडीका १७, दुई पाङ्ग्रेका १३ र स्पेयर पार्टसका ७० वटा स्टल राखिएका छन्।


























