BIZMANDU
www.bizmandu.com

नापी सर्भेक्षक सुडीसँग पौने १० करोडको सम्पत्ति, ३ करोड ७१ लाखको स्रोत नखुलेपछि मुद्दा

२०८३ भदौ ९

नापी सर्भेक्षक सुडीसँग पौने १० करोडको सम्पत्ति, ३ करोड ७१ लाखको स्रोत नखुलेपछि मुद्दा
The Commission for Investigation of Abuse of Authority (CIAA) has filed a corruption case against Chief Secretary Baikuntha Aryal, alongside Bikal Paudel and other officials at Special Court in kathmandu, Nepal on 23 Jun 2024. The decision was made during a meeting of the anti-graft body held on Friday, accusing these individuals of corruption related to the printing of excise duty stickers.


काठमाडौं। नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का सर्भेक्षक विन्देश्वर शाह सुडीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा मुद्दा दायर भएको छ।

Vigo
GBIME
Tata

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुडीले ३ करोड ७१ लाख ८४ हजार रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा मंगलबार अदालतमा मुद्दा दायर गरेको हो।

सुडीले अमिन पदमा अस्थायी नियुक्ति लिएको मिति २०४६ वैशाख १६ देखि २०८१ जेठ मसान्तसम्म उनको नाममा ९ करोड ७५ लाख ६९ हजार बराबरको सम्पत्ति देखिएकामा ६ करोड ३ लाख ८५ हजारको मात्र स्रोत खुलेको अख्तियारले बताएको छ।

अख्तियारले अवैध रूपमा आर्जित सम्पत्ति जफत गर्ने प्रयोजनका लागि सुडीकी पत्नी सुमित्रादेवी शाहलाई पनि प्रतिवादी बनाएको छ। अख्तियारले सुडीको सम्पत्तिलाई लिएर उजुरी परेपछि अनुसन्धान गरेको थियो।