BIZMANDU
www.bizmandu.com

नेप्से बियरिस हुँदा क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य १४.९५% वृद्धि, कस्तो छ कम्पनीको अवस्था?

२०८३ भदौ ९

नेप्से बियरिस हुँदा क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य १४.९५% वृद्धि, कस्तो छ कम्पनीको अवस्था?
नेप्से बियरिस हुँदा क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य १४.९५% वृद्धि, कस्तो छ कम्पनीको अवस्था?


काठमाडौं। सेयर बजार मंगलबार ५.३० अंक घट्दा दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लाग्यो।

Vigo
GBIME
Tata

आइपीओ बिक्री गरेर दोस्रो बजारमा सूचीकृत भएको सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिजको सेयर मूल्यमा ७ कारोबार दिनमा पोजेटिभ सर्किट लाग्दा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर भाउ पनि १४.९५ प्रतिशतले बढ्यो।

सेयरको उच्च माग र न्यून आपूर्तिका कारण आइपीओ बिक्रीपछि बजारमा आउने नयाँ कम्पनीको मूल्य बढेको पहिलो पटक होइन। तर, बियरिस बजारमा पोजेटिभ सर्किट लेभलमा कारोबार भएको क्रेस्ट लाइफ इन्स्योरेन्स पुरानै कम्पनी हो।

नाजुक वित्तीय अवस्था र व्यापारले सञ्चालन आम्दानी नै धान्न नसक्ने देखिएको कम्पनीको सेयर भाउ मंगलबार एकाएक उचालिएको छ।

क्रेस्टले गत आर्थिक वर्ष २५ लाख २६ हजार रुपैयाँ नाफा कमाएको वित्तीय विवरणमा उल्लेख छ। त्यसअघि अघिल्लो त्रैमासमा कम्पनी ९५ लाख रुपैयाँ नोक्सानीमा थियो। क्रेस्टले गत आर्थिक वर्ष ४३ करोड ४० लाख रुपैयाँ प्रिमियम संकलन गरेको तथ्यांक छ।

कम्पनीको प्रति सेयर आम्दानी ०.३४ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १०५.०९ रुपैयाँ छ। वित्तीय सूचक राम्रो नभए पनि कम्पनीको सेयर मूल्य भने प्रति कित्ता १६३ रुपैयाँले बढेको छ। इन्स्योरेन्सको सेयर मूल्य प्रति कित्ता १२५३ रुपैयाँ पुगेको छ।

इन्स्योरेन्सका संस्थापक सेयरधनी र सीइओ प्रतापमान श्रेष्ठ सम्पत्ति शुद्धीकरणमा जोडिएपछि कम्पनी अहिले कामु व्यवस्थापकबाट चलिरहेको छ।