काठमाडौं। अर्थशास्त्र र अर्थतन्त्रका जटिलताहरुलाई सजिलो भाषामा बुझाउने गरी लेखक शार्थक कार्कीले नयाँ पुस्तक ‘ड्यागर अफ द माइन्ड’ ल्याएका छन्। केन्द्रीय बैंकर कार्कीको पुस्तक दुई सातापछि औपचारिक रुपमा बिक्री वितरणमा आउने छ।
पुस्तकमा अर्थतन्त्रको जटिलतालाई बुझ्ने र त्यसको महत्त्वलाई आत्मसात् गर्ने प्रयास गरिएको छ। सरकारी तथा अन्य प्रकारका अनावश्यक हस्तक्षेपका जोखिम, कर्मचारीतन्त्र र सुशासन, बाह्य क्षेत्रको बुझाइ, व्यापारवाद, मुद्राको परिवर्तनीयता, विदेशी मुद्रा सञ्चितिको पर्याप्तता, विदेशी लगानी तथा वैदेशिक रोजगारी र विप्रेषणका बारेमा चर्चा गरिएकोछ।
कार्कीले मौद्रिक नीति र यसको कार्यप्रणालीको गहिरो अध्ययनका साथै पुँजीवाद र समाजवादबीचको बहसलाई पुनः हेर्ने प्रयास गरेका छन्।
पुस्तकको भूमिका अर्थ विद् एव पूर्व मूख्य सचिव डा. विमल कोइरालाले लेखेका छन्। पुस्तकमा अर्थशास्त्रसम्बन्धी १२ वटा निबन्धको संग्रह छ। करिब २६० पृष्ठ र ५८ हजार शब्दले भरिएको पुस्तक देशभरका प्रमुख पुस्तक पसलहरूमा उपलब्ध हुनेछ। अनलाइन माध्यमबाट पनि किन्न सकिनेछ। पुस्तक प्रकाशन साङ्ग्रिला बुक्सले गरेको छ।