BIZMANDU
www.bizmandu.com

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको गाडी कर्जा योजना, ५.१३ प्रतिशत ब्याजदरमा कर्जा

२०८३ भदौ ९

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको गाडी कर्जा योजना, ५.१३ प्रतिशत ब्याजदरमा कर्जा
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको गाडी कर्जा योजना, ५.१३ प्रतिशत ब्याजदरमा कर्जा


काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गरी वार्षिक ५.१३ प्रतिशत ब्याजदरमा आकर्षक गाडी कर्जा योजना सार्वजनिक गरेको छ।

Vigo
GBIME
Tata

ग्राहकको सवारीसाधन खरिदलाई सहज, सरल र छिटो बनाउने उद्देश्यले ल्याइएको यस योजनामा प्रोसेसिङ शुल्क ०.५ प्रतिशत मात्र कायम गरिएको बैंकले जनाएको छ।

यस योजना अन्तर्गत आवश्यक कागजात तथा कर्जा प्रक्रियासम्बन्धी सम्पूर्ण आवश्यकताहरु पूरा भएको अवस्थामा ३ कार्यदिन भित्रै कर्जा प्रवाह गरिने व्यवस्था गरिएको छ।

यसले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई प्रतिस्पर्धी ब्याजदर, न्यून प्रोसेसिङ शुल्क तथा सरल, सहज र शीघ्र कर्जा प्रवाहको सुविधा प्रदान गर्ने बैंकको विश्वास छ।

सीमित समयका लागि मात्र लागू रहने यस विशेष सुविधा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका देशभरका शाखाहरुबाट लिन सकिनेछ ।