BIZMANDU
www.bizmandu.com

ओमोडाको जे५ प्रो एसयूभी नाडा अटो शोमा सार्वजनिक, मूल्य ४७.९९ लाख रुपैयाँ

२०८३ भदौ ९

ओमोडाको जे५ प्रो एसयूभी नाडा अटो शोमा सार्वजनिक, मूल्य ४७.९९ लाख रुपैयाँ
ओमोडाको जे५ प्रो एसयूभी नाडा अटो शोमा सार्वजनिक, मूल्य ४७.९९ लाख रुपैयाँ


काठमाडौं। चिनियाँ कम्पनी ओमोडा एन्ड जेकोको नयाँ विद्युतीय एसयूभी जे५ प्रो नेपाली बजारमा सार्वजनिक गरिएको छ।

Vigo
GBIME
Tata

एसपीजी अटोमोबाइल्सले ५०.७ किलोवाट आवर क्षमताको ब्याट्री प्याकसहितको जे५ प्रो गाडी मंगलबार नाडा अटो शोमा सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार जे५ प्रो ले एक पटकको पूर्ण चार्जमा ४०५ किलोमिटरसम्म रेन्ज दिन्छ। यसको मूल्य ४७.९९ लाख रुपैयाँ राखिएको छ।

गाडीमा १३.२ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ८.८८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, ५० वाट वायरलेस मोबाइल चार्जिङ, पानोरामिक ग्लास रूफ, डुअल-जोन क्लाइमेट कन्ट्रोल छ।

यस्तै विद्युतीय रूपमा समायोजन गर्न मिल्ने अगाडिका सिट, फ्रन्ट सिट भेन्टिलेसन, पावर टेलगेट र ३६० डिग्री क्यामेरा जस्ता सुविधा समावेश छन्।

गाडीमा ६ वटा एयरब्याग, एबीएस, ईबीडी, ब्रेक असिस्ट, अटो होल्ड, फरवार्ड कोलिजन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, लेन किपिङ असिस्ट, ब्लाइन्ड स्पट मोनिटरिङ, रियर क्रस ट्राफिक अलर्ट, ट्राफिक जाम असिस्ट र डोर ओपनिङ वार्निङलगायत सुरक्षा तथा एडीएएस फिचर उपलब्ध छन्।