BIZMANDU
www.bizmandu.com

काठमाडौंमा शोरुम खोलेको साता दिनमै विराटनगरमा पनि खुल्यो आनन्दी ज्वेलरी

२०८३ भदौ ९

काठमाडौंमा शोरुम खोलेको साता दिनमै विराटनगरमा पनि खुल्यो आनन्दी ज्वेलरी
काठमाडौंमा शोरुम खोलेको साता दिनमै विराटनगरमा पनि खुल्यो आनन्दी ज्वेलरी


विराटनगर । देशभरि चाँदीका गहना र अन्य सामग्रीका सोरुम संचालन गर्ने उद्देश्यसहित गत हप्ता काठमाडौंको वसन्तपुरमा पहिलो सोरुम खोलेको आनन्दी ज्वेलरीले दोस्रो सोरुम विराटनगरमा खोलेको छ।

Vigo
GBIME
Tata

दराज अनलाइन र अन्य विभिन्न डिजिटल प्लेटफर्म मार्फत् चाँदीका उत्पादनको अनलाइन व्यवसाय गरिरहेको आनन्दी ज्वेलरीले सोमबारदेखि विराटनगरमा दोस्रो आउटलेट संचालनमा ल्याएको हो।

तेस्रो आउटलेट यही हप्ताभित्र सुनसरीको इटहरीमा खोलिने र यही वर्ष देशभरि कम्तीमा १५ वटा आउटलेट संचालन गरिने कम्पनीले जनाएको छ।

युवा व्यवसायीद्वय नितीन शारडा र धीरज मोहताले आनन्दी ज्वेलरीको संचालन गरिरहेका छन्। सोरुममा चाँदीका सबै प्रकारका गहना उपलब्ध छन्।

यसबाहेक भाँडाकुँडा, पूजासामग्री, मूर्ति, मन्दिर लगायतका सामग्री पनि छन्। ज्वेलरीले ग्राहकले चाहेको र दिएको डिजाइनमा पनि चाँदीका सामग्री दिनसक्ने जनाएको छ।

मोहताले भने, ‘हरेक ग्राहकका भिन्न–भिन्न च्वाइस हुन्छन्। उक्त च्वाइस र डिजाइन अनुसारका गहना र अन्य सामग्री उपलब्ध गराउने हाम्रो लक्ष्य र कर्तव्य हुनेछ।’

सोरुममा रिङ, नेक्लेस, कानको टप, ब्रुच, पाउजु, ब्रासलेट, पशुपतिको मन्दिर, कृष्ण भगवानको झुला, पानी पिउने बोतल, खडकुलो, थालकचौरा, ग्लास लगायतका सामग्री राखिएको छ।

मोहताले भने, ‘हामीसित धेरैजसो ९२.५ प्रतिशत चाँदीको अंश भएका सामग्री छन्। तर ग्राहकले आफ्नो रोजाइअनुसार त्यसभन्दा बढी, शतप्रतिशत वा कम मात्रामा चाँदी भएका सामग्रीको अर्डर दिनसक्नु हुनेछ। हामी सोही अनुसार तयार गरिदिने छौँ।’

उनले आफ्नो कम्पनीले चाँदीका सामग्री उत्पादन गर्न कुनै कारखाना नखोलेको र आउट सोर्सिङ गरेर देशभित्रकै कालीगढलाई अर्डर दिएर संकलन गरेको जानकारी दिए।

आनन्दी ज्वेलरीका सबै उत्पादनमा रोडियम प्लेटिङ गरिएको छ। यसका कारण तयारी वस्तुको राम्रो चमक छ। ग्राहकलाई उक्त रोडियम प्लेटिङको १ वर्षको ग्यारेन्टी दिएको धीरजले बताए।