BIZMANDU
www.bizmandu.com

आँखा सुक्खा हुने भएकाले कालो चस्मा लगाउनु परेको भन्दै बालेनले लेखे संसद्लाई पत्र

२०८३ भदौ ९

आँखा सुक्खा हुने भएकाले कालो चस्मा लगाउनु परेको भन्दै बालेनले लेखे संसद्लाई पत्र
आँखा सुक्खा हुने भएकाले कालो चस्मा लगाउनु परेको भन्दै बालेनले लेखे संसद्लाई पत्र

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संसद् सचिवालयलाई कालो चस्मा लगाउनको कारणसहित पत्र लेखेका छन्।

Vigo
GBIME
Tata

सभामुख डोलप्रसाद अर्यालले बैठक कक्षमा कालो चस्मा नलगाउन भनेपछि बालेनले स्वास्थ्य रिपोर्टसहित चस्मा लगाउनुको कारण सचिवालयलाई पठाएका हुन्।

उनले संसद्लाई पठाएको स्वास्थ्य परीक्षणको रिपोर्टमा आँखा सुक्खा हुने समस्या भएको उल्लेख गरेका छन्।

शाहसहित गृहमन्त्री सुदन गुरुङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल तथा अन्य सांसदहरुले कालो चस्मा लगाएर बैठकमा सहभागी हुन थालेपछि अर्यालले कार्यव्यवस्था परामर्श समितिको बैठकमार्फत कालो चस्मा लगाउन नदिने बताएका थिए।

बालेनले बुधबार सदनमा सांसदहरुले सोध्ने प्रश्नको जवाफ दिँदै छन्। ११ जना सांसदले उनलाई सोध्न प्रश्न दर्ता गराएका छन्। मंगलबारको प्रतिनिधिसभाको बैठक बुधबारका लागि सारिएको छ।