काठमाडौं। बेनी हाइड्रोवपावरले सर्वसाधारणलाई भदौ २२ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई वितरण गरेपछि दोस्रो चरणमा सर्वसाधारणलाई सेयर निष्कासन गर्न लागेको हो।
सर्वसाधारणका लागि बेनी हाइड्रोपावरले अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँ दरमा ८ लाख ६३ हजार २०० कित्ता छुट्याएको छ।
लगानीकर्ताले १० देखि १० हजार कित्ता सेयरका लागि भदौ २५ गतेसम्म आवेदन दिन सक्ने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशतले हुन आउने २० लाख ८० हजार कित्ता सेयर निष्कासनको अनुमति पाएको थियो।
कम्पनीले १९.८ मेगावाटको माथिल्लो सोलुखोला हाइड्रोपावर आयोजना बनाएको छ। जसको लागत ३ अर्ब ८५ करोड ५१ लाख रुपैयाँ छ।
आर्थिक वर्ष २०८२ पुससम्म कम्पनीको प्रति सेयर आम्दानी २१.१७ रुपैयाँ र प्रति सेयर नेटवर्थ ११२.४३ रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ। यो अवधिमा कम्पनी १० करोड ३४ लाख रुपैयाँ संचिति नाफामा छ।