काठमाडौं । सुपर मादी हाइड्रोपावरले लाभांश घोषणा गरेको छ। हाइड्रोपावरले आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चिति मुनाफाबाट सेयरधनीलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीका सेयरधनीले चुक्ता पुँजीको कर प्रयोजनसहित १५.७८ प्रतिशतले हुन आउने बोनस सेयर पाउनेछन्। कम्पनीको अहिले २ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ चुक्ता पुँजी छ।
कम्पनीले भदौ २३ गते बुक क्लोज तोकेको छ। बुक क्लोज अघि कायम सेयरधनीले लाभांश पाउनेछन्। कम्पनीको साधारण सभा असोज १ गते तय गरिएको छ।