BIZMANDU
www.bizmandu.com

अटो मोबाइलका ठूला जायन्ट नाडा अटो शोमा, कुन घरानाले के-के ल्याउँदैछन्?

२०८३ भदौ ८

अटो मोबाइलका ठूला जायन्ट नाडा अटो शोमा, कुन घरानाले के-के ल्याउँदैछन्?
अटो मोबाइलका ठूला जायन्ट नाडा अटो शोमा, कुन घरानाले के-के ल्याउँदैछन्?


काठमाडौं। नाडा अटो शोमा नेपालका प्रमुख अटोमोबाइल व्यावसायिक घरानाबीच नयाँ मोडल र ब्रान्ड प्रस्तुतिमा प्रतिस्पर्धा देखिने भएको छ।

Vigo
GBIME
Tata

बजारमा लामो समयदेखि स्थापित ठूला घरानादेखि नयाँ ब्रान्ड भित्र्याइरहेका व्यवसायिक समूहसम्मले नाडामा नयाँ उत्पादन सार्वजनिक तथा प्रदर्शन गर्ने तयारी गरेका छन्।

यस पटकको शोमा टोयोटा, महिन्द्र र कियाबाहेक नेपालका अधिकांश ठूला अटोमोबाइल घराना सहभागी हुँदैछन्। विद्युतीय सवारीसाधनको बढ्दो मागलाई लक्षित गर्दै अधिकांश कम्पनीले नयाँ इभी, नयाँ ब्रान्ड तथा नयाँ सेगमेन्टका मोडललाई प्राथमिकता दिएका छन्।

शोमा एमएडब्लू समूह, सिप्रदी ट्रेडिङ, सीजी मोटर्स, शारडा समूह, ज्योति समूह, लक्ष्मी समूह, हेमन्त गोल्छाको सांग्रीला मोटर्स, विशाल समूह, शंकर ग्रुपलगायतका प्रमुख व्यवसायिक घरानाको उपस्थिति रहनेछ।

गाडी बिक्री गर्ने बजारका ठूला घराना एकै ठाउमा हुँदा नाडामा टोयोटा, महिन्द्रा र किया मात्रै बाहिर छन्।

एमएडब्लूको ६ वटा

एमएडब्लू समूहले नाडामा विभिन्न नयाँ तथा प्रिमियम ब्रान्ड प्रदर्शन गर्ने तयारी गरेको छ। समूहअन्तर्गतका डिपल, नामी, यामाहा, एमहिरो, अवतार, नेभो, डोङफेङ इटिएल ब्रान्डले विद्युतीय सवारीसाधनसँगै एसयूभी र प्रिमियम सेगमेन्टमा समेत नयाँ उत्पादन देखाउने तयारी गरेका छन्।

यसको डोङफेङ नामी भिगो र बक्स तथा इटिएल००७ हुनेछ। अवतार ७, नेभो क्यु०५, एस०५ जस्ता गाडी हुनेछन्।

यामाहाको एसएक्सआर ३००, तीन वर्षपछि फ्यासिनो हाइब्रिड र अन्य बाइक अटो शोमा देखिनेछन्।

सिप्रदी ट्रेडिङ

सिप्रदीले टाटा मोटर्सका नयाँ ईभी तथा अन्य मोडललाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गर्नेछ। पछिल्लो समय टाटाको ईभी बजारमा बलियो उपस्थिति रहेकाले नाडामा समेत टाटाका नयाँ उत्पादनले विशेष ध्यान खिच्ने अपेक्षा गरिएको छ।

टाटा सिएरा र टियागो इपि फेसलिफ्ट, यात्रिको पि टु स्कुटर, लुब्रिकेन्टस, ब्याट्री र टायर रहेका छन्।

सीजी मोटर्स

सीजी मोटर्सले यसपटक पनि नयाँ ब्रान्ड र मोडललाई प्राथमिकता दिएको छ। कम्पनीले विद्युतीय सवारीसाधनको बढ्दो बजारलाई लक्षित गर्दै नयाँ ईभी तथा एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ।

रिडारा, हिरो, भिडा, आयोन र किङलङ रहनेछन। यस्तै सिजी मोटोकर्पको सुजुकी र नेपाल ल्युब हुनेछन।

शारडा समूह

शारडा समूहले पनि नाडामा आफ्ना प्रमुख ब्रान्डका नयाँ मोडल प्रदर्शन गर्नेछ। समूहअन्तर्गतका चारपांग्रे सवारीसाधनमा नयाँ उत्पादन तथा प्रविधिलाई प्राथमिकता दिइनेछ।

कम्पनीले चेरी क्युक्यु३, ओमोडा एण्ड जेको र आइकार हुनेछ।

ज्योति समूह

ज्योति समूहले पनि नाडामा आफ्ना अटोमोबाइल ब्रान्डका नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन गर्ने तयारी गरेको छ। कम्पनीले जोनसेन बाइक अटो शोमा देखिन्छ।

लक्ष्मी समूह

यस्तै लक्ष्मी ग्रुपले पनि यो पटक नयाँ ब्रान्ड लिएर नाडा अटो शोमा सहभागी हुँदैछ। ग्रुपका आर्कफक्स टि१, बिएआइसी र हुन्डाई जस्ता ब्रान्ड र गाडी अटो शोमा देखिनेछन्।

समूहअन्तर्गतका ब्रान्डका नयाँ मोडलसँगै प्रिमियम सेगमेन्टका सवारीसाधनसमेत शोमा देखिनेछन्।

विशाल समूह

विशाल समूहअन्तर्गतका अटोमोबाइल ब्रान्डले पनि नाडामा नयाँ मोडल तथा प्रविधि प्रदर्शन गर्ने तयारी गरेका छन्। कम्पनीहरूले ग्राहकलाई एउटै प्लेटफर्मबाट विभिन्न सेगमेन्टका सवारीसाधनबारे जानकारी दिने तयारी गरेका छन्।

विशाल ग्रुपले एमजीका सबै मोडल राख्दैछ। वुलिङ र एमजी तथा जिडब्लुएमका गाडी प्रदर्शनीमा हुनेछन्।

गोल्छा अर्गानाइजेसन अन्तर्गतको सांग्रिला मोटर्सले लिपमोटरका गाडी प्रदर्शनीमा राख्दैछ। शंकर ग्रुपले पनि प्रोटोनका गाडी राख्नेछ।

यसपटकको नाडामा ३०-४० र ४० देखि ५० लाख रुपैयाँ मूल्यको ईभी सेगमेन्टमा सबैभन्दा बढी प्रतिस्पर्धा देखिनेछ। नयाँ कर नीतिपछि विभिन्न ब्रान्डले मूल्य समायोजन गर्दै मध्यम मूल्यका एसयूभी तथा क्रसओभर बजारमा ल्याउन थालेका छन्।

नाडामा नयाँ मोडलको बढ्दो उपस्थितिले नेपाली अटो बजारमा ब्रान्डबीचको प्रतिस्पर्धा थप तीव्र हुने देखिएको छ। विशेषगरी ईभी, एसयूभी र प्रिमियम सेगमेन्टमा यसपटकको शो नयाँ उत्पादनको ‘लन्चिङ प्लेटफर्म’ बन्ने भएको छ।