BIZMANDU
www.bizmandu.com

लगातार दुई हार पछि अस्ट्रेलियामा जारी टप एण्ड क्रिकेटमा नेपाल ‘ए’को पहिलो जित

२०८३ भदौ ८

लगातार दुई हार पछि अस्ट्रेलियामा जारी टप एण्ड क्रिकेटमा नेपाल ‘ए’को पहिलो जित
लगातार दुई हार पछि अस्ट्रेलियामा जारी टप एण्ड क्रिकेटमा नेपाल ‘ए’को पहिलो जित


काठमाडौं। नेपाल ‘ए’ क्रिकेट टोलीले अस्ट्रेलियामा जारी टप एण्ड क्रिकेटमा पहिलो जित निकालेको छ। सुरुवाती दुई खेलमा पराजय ब्यहोरेको नेपालले आज होबर्ट हुरिकेन्सलाई ३९ रनले हराएको हो।

Vigo
GBIME
Tata

डार्विनमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको हुरिकेन्स १८.३ ओभरमा ११५ रनमा समेटियो।

हरिकेन्सलाई लक्ष्यसम्म पुग्न नदिन नारायण जोशीले ३ विकेट लिँदा पवन सर्राफ र शहाब आलमले समान २ तथा विपिन खत्रीले १ विकेट लिए। ब्याटिङमा हुरिकेन्सका नितेश साम्वेलले सर्वाधिक ३७ रन बनाउँदा टिम वार्डले २३ तथा निवेतन राधाकृष्णनले २० रन बनाए।

त्यसअघि डार्विनमा टस जितेर हुरिकेन्सले नेपाललाई पहिलो ब्याटिङको निम्ता दिएको थियो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाउँदा मयन यादवले ३१, कप्तान अनिलकुमार साहले २८ तथा लोकेश बमले अविजित २० रन बनाए।

बलिङतर्फ हुरिकेन्सका राफ म्याकमिलनले सर्वाधिक ३ विकेट लिँदा मार्कस बिनले २ तथा ब्राडली होप र निवनथन राधाकृष्णनले १ विकेट लिए।

नेपालले अर्को खेलमा अब अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग खेल्नेछ।