BIZMANDU
www.bizmandu.com

टाटाको पिकअप तथा साना व्यावसायिक गाडी किन्न मुक्तिनाथ विकास बैंकले ऋण दिने

२०८३ भदौ ८

टाटाको पिकअप तथा साना व्यावसायिक गाडी किन्न मुक्तिनाथ विकास बैंकले ऋण दिने
टाटाको पिकअप तथा साना व्यावसायिक गाडी किन्न मुक्तिनाथ विकास बैंकले ऋण दिने

काठमाडौं। मुक्तिनाथ विकास बैंकले टाटाको पिकअप तथा साना व्यावसायिक सवारी साधन खरिद गर्नका लागि कर्जा लगानी गर्ने भएको छ।

Vigo
GBIME
Tata

यस सम्बन्धमा बैंकले सोमबार नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङसँग समझदारी गरेको छ। समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र सिप्रदी ट्रेडिङका उपाध्यक्ष सौरभ राज थपलियाले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार सिप्रदी ट्रेडिङका अधिकृत डिलरमार्फत टाटा ब्राण्डको पिकअप तथा व्यावसायिक साना सवारी साधन खरिद गर्ने ग्राहकलाई बैंकले आफ्नो १७६ वटै शाखा कार्यालयबाट सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने छ।

इभीका लागि ६० प्रतिशत र इन्धन गाडीका लागि ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ।