BIZMANDU
www.bizmandu.com

६० मेगावाटको कुलेखानी जलविद्युत आयोजना मर्मतका लागि बन्द, एक हप्तामा सम्पन्न हुने

२०८३ भदौ ८

६० मेगावाटको कुलेखानी जलविद्युत आयोजना मर्मतका लागि बन्द, एक हप्तामा सम्पन्न हुने
कुलेखानी जलाशय हेटौंडा(मकवानपुर), ११ असोज : मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा अवस्थित कुलेखानी जलाशयको आज साँझको दृश्य । अविरल वर्षाका कारण जलाशय भरिएको कुलेखानी जलविद्युत आयोजनाले जनाएको छ । तस्बिर : अञ्जली थापा/रासस


काठमाडौं। ६० मेगावाटको जलाशययुक्त कुलेखानी-१ जलविद्युत् आयोजना बन्द गरिएको छ। आयोजना नियमित मर्मत सम्भारका लागि बन्द गरिएको हो।

Vigo
GBIME
Tata

आयोजनाका सीइओ प्रह्लाद राउतले टर्बाइन, जेनेरेटर लगायत उपकरणको नियमित परीक्षण तथा आवश्यक मर्मत कार्यका लागि उत्पादन स्थगन गरिएको बताए।

‘आयोजनालाई नियमित मर्मत सम्भार गर्नुपर्ने हुन्छ। हामीले तालिकाअनुसार नै कुलेखानी-१ लाई बन्द गरेर जेनेरेसनतर्फ मर्मत गरिरहेका छौं,’ उनले भने।

उनका अनुसार अनुसार प्रणालीलाई चुस्त राख्नका लागि वर्षमा निश्चित समय जलाशय तथा पावरहाउसका उपकरण मर्मत सम्भार गर्नुपर्ने हुन्छ।

कुलेखानीलाई मुख्यगरी ‘पिकिङ’ (माग बढी हुने समय)मा सञ्चालन गरिंदै आएको छ। विद्युतको माग बढी हुने साँझ र बिहानको समयमा विद्युत प्राधिकरणको वितरण प्रणालीलाई सन्तुलनमा राख्न कुलेखानी-१, २ र ३ क्यासकेड आयोजना सञ्चालन गरिंदै आएको छ। कुलेखानी-२ र ३ भने अहिले आवश्यकताअनुसार सञ्चालनमा छन्।

मर्मत सम्भारको काम एक हप्ताभित्र सम्पन्न हने राउतले बताए। ‘हामीले मर्मत सम्भार छिटोभन्दा छिटो सम्पन्न गर्ने गरी काम गरिरहेका छौं,’ उनले भने, ‘अबको १ हप्ताभित्र मर्मत सकेर आयोजना सञ्चालनमा आउँछ।’