BIZMANDU
www.bizmandu.com

यात्रीको पी२ स्कुटरले १५७ किमि रेन्ज दिने, १० किलोवाटको मोटर र ५.२ किलोवाटको ब्याट्री

२०८३ भदौ ८

यात्रीको पी२ स्कुटरले १५७ किमि रेन्ज दिने, १० किलोवाटको मोटर र ५.२ किलोवाटको ब्याट्री
यात्रीको पी२ स्कुटरले १५७ किमि रेन्ज दिने, १० किलोवाटको मोटर र ५.२ किलोवाटको ब्याट्री


काठमाडौं। सिप्रदी यात्रीले नयाँ विद्युतीय स्कुटर यात्री पी२ बजारमा ल्याउने तयारी गरेको छ। 

Vigo
GBIME
Tata

यात्री पी२ मा १० किलोवाट क्षमताको मोटर जडान गरिएको छ। स्कुटरमा ५.२ किलोवाटआवर क्षमताको ब्याट्री छ। कम्पनीका अनुसार पी२ ले एकपटक पूर्ण चार्जमा १५७ किलोमिटरसम्म दूरी तय गर्न सक्नेछ।

चार्जिङका हिसाबले पनि पी२ लाई फास्ट चार्जिङ क्षमतासहित बनाइएको छ। घरायसी चार्जरबाट ब्याट्रीलाई ८० प्रतिशतसम्म चार्ज गर्न २.५ घण्टा लाग्ने उल्लेख छ। त्यस्तै, डीसी फास्ट चार्जिङ प्रयोग गर्दा ८० प्रतिशतसम्म चार्ज गर्न ४१ मिनेट मात्रै लाग्नेछ।

पी२ को उकालो चढ्ने क्षमता २१ डिग्री छ। यसले सामान्य शहरी सडकसँगै उकालो तथा भौगोलिक रूपमा चुनौतीपूर्ण सडकमा पनि स्कुटरको प्रदर्शनलाई बलियो बनाउने अपेक्षा गरिएको छ।

त्यस्तै, पी२ मा उन्नत कनेक्टिभिटी प्रणाली उपलब्ध हुनेछ। यसले स्कुटरलाई परम्परागत विद्युतीय स्कुटरभन्दा प्रविधिमैत्री बनाउनेछ।

विशेषगरी उच्च मोटर क्षमता, लामो रेन्ज र फास्ट चार्जिङलाई एउटै उत्पादनमा समेटेर ल्याइएकाले पी२ ले नेपाली ग्राहकको चासो बढाउने कम्पनीको विश्वास छ।

यात्रीले नेपालमै विकास गरेको पी२ लाई मंगलबार सुर हुने नाडा अटो शोमा राख्दैछ।