BIZMANDU
www.bizmandu.com

रास्वपाकी रानामगर र एमालेका थापाले बोलेका शब्द सभामुखले गरे संसद्को अभिलेखबाट ‘डिलिट’

२०८३ भदौ ८

रास्वपाकी रानामगर र एमालेका थापाले बोलेका शब्द सभामुखले गरे संसद्को अभिलेखबाट ‘डिलिट’
रास्वपाकी रानामगर र एमालेका थापाले बोलेका शब्द सभामुखले गरे संसद्को अभिलेखबाट ‘डिलिट’

काठमाडौं। सभामुख डीपी अर्यालले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा रानामगर र प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले बोलेका केही शब्द संसद्‍को रेकर्डबाट हटाएका छन्।

Vigo
GBIME
Tata

पूर्वउपसभामुख समेत रहेकी रानामगरले भदौ १ गते गतेको बैठकमा बोल्ने क्रममा प्रयोग गरेका ‘भालु’, ‘बेश्या’ र ‘साइबर सेना’ भन्ने शब्द अमर्यादित र अनावश्यक भन्दै सभामुख अर्यालले रेकर्डबाट हटाएका हुन्।

यस्तै एमालेका संसदीय दलका नेता थापाले भदौ ३ गतेको बैठकमा बोल्ने क्रममा प्रयोग गरेका ‘नागरिकहरुको बली’, ‘पाकिस्तानी मोडल’, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ भन्ने शब्द अभिलेखबाट हटाउन सभामुख अर्यालले सचिवालयलाई निर्देशन दिएका छन्।

सभामुखले अरु देशको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले हाम्रो शासकीय अभ्यासको सन्दर्भमा जोडेर सदनमा उल्लेख नगर्न सांसदहरुको ध्यानाकर्षण गराएका छन्।