BIZMANDU
www.bizmandu.com

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५.७५% ब्याजको एसएमई कर्जा ल्यायो, ब्याज एक वर्ष स्थिर रहने

२०८३ भदौ ८

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५.७५% ब्याजको एसएमई कर्जा ल्यायो, ब्याज एक वर्ष स्थिर रहने
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५.७५% ब्याजको एसएमई कर्जा ल्यायो, ब्याज एक वर्ष स्थिर रहने


काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले सस्तो ब्याज दरमा एसएमई कर्जा योजना ल्याएको छ। बैंकले वार्षिक ५.७५ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने गरी एसएमई कर्जा योजना ल्याएको हो।

Vigo
GBIME
Tata

बैंकले व्यवसायी तथा उद्यमीहरूलाई लक्षित गर्दै साना तथा मझौला कर्जा सुविधा ल्याएको विज्ञप्तिमा उल्लेख गरेको छ। ब्याजदर एक वर्षसम्म स्थिर रहनेछ।

‘मेहनती हातलाई हाम्रो साथ’ भन्ने नारा सहित सञ्चालनमा रहेको एनआईएमबी एसएमई कर्जामार्फत व्यवसायको प्रकृति, आवश्यकता, क्षमता तथा कर्जा सदुपयोगिताको आधारमा उपयुक्त कर्जा सुविधा उपलब्ध गराउने छ।

योजनामार्फत व्यवसायी तथा उद्यमीहरूले आफ्नो व्यवसाय विस्तार, चालु पूँजी व्यवस्थापन, नयाँ लगानी तथा व्यवसायको आवश्यकता अनुसार कर्जा प्राप्त गर्न सक्नेछन्।

एनआईएमबीले देशभर रहेका २५१ शाखा मार्फत एसएमई कर्जा सम्बन्धी सेवा तथा जानकारी उपलब्ध गराउँदै आएको छ। बैंकले मेहनती उद्यमी तथा व्यवसायीहरूसँग वित्तीय सहकार्य गर्दै उनीहरूको व्यवसायिक विकास र समृद्धिमा योगदान पुऱ्याउने विश्वास व्यक्त गरेको छ।