BIZMANDU
www.bizmandu.com

कांग्रेसले ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने, तीनवटा विषयमा प्यानल छलफल

२०८३ भदौ ८

कांग्रेसले ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने, तीनवटा विषयमा प्यानल छलफल
कांग्रेसले ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने, तीनवटा विषयमा प्यानल छलफल


काठमाडौं। नेपाली कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने भएको छ।

Vigo
GBIME
Tata

कांग्रेसले महिलाको आर्थिक सशक्तिकरण, उद्यमशीलता प्रवर्धन तथा नेपालको आर्थिक रूपान्तरणमा महिला उद्यमीहरूको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित आफ्नो मुख्यालयमा सम्मेलन गर्ने भएको हो।

सम्मेलनले विशेषगरी स्टार्टअप, एमएसएमई तथा एसएमई क्षेत्रमा कार्यरत महिला उद्यमीबीच अनुभव आदानप्रदान, लगानी तथा वित्तीय पहुँच, बजार विस्तार, प्रविधिको प्रयोग र नेटवर्किङका लागि साझा मञ्च उपलब्ध गराउने कांग्रेसको विश्वास छ।

सम्मेलनसँगै कांग्रेस मुख्यालय परिसरमा ८० भन्दा बढी महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी गरिने छ।

सम्मेलनमा महिला उद्यमीका विद्यमान चुनौती, सम्भावना र अवसरबारे बहुआयामिक छलफल गरिने छ। सम्मेलनबाट महिला उद्यमशीलताको विकासमार्फत रोजगारी सिर्जना, उत्पादन वृद्धि, आयआर्जन, आत्मनिर्भरता र समुन्नत समाज निर्माणमा योगदान पु‍ग्ने कांग्रेसको विश्वास छ।

सम्मेलनमा महिला उद्यमशीलतासँग सम्बन्धित तीनवटा विषयमा प्यानल छलफल गरिने छ। यस्तै प्रेरणादायी व्यक्तिले आफ्नो उद्यमशील यात्रा सुनाउनेछन्।