BIZMANDU
www.bizmandu.com

टप एण्ड क्रिकेट : हुरिकेन्सलाई नेपाल ‘ए’ले दियो १ सय ५५ रनको लक्ष्य

२०८३ भदौ ८

टप एण्ड क्रिकेट : हुरिकेन्सलाई नेपाल ‘ए’ले दियो १ सय ५५ रनको लक्ष्य
टप एण्ड क्रिकेट : हुरिकेन्सलाई नेपाल ‘ए’ले दियो १ सय ५५ रनको लक्ष्य


काठमाडौं। नेपाल ‘ए’ क्रिकेट टोलीले होबर्ट हुरिकेन्सलाई १५५ रनको लक्ष्य प्रस्तुत गरेको छ। अस्ट्रेलियामा जारी टप एण्ड क्रिकेट अन्तर्गत आज जारी खेलमा नेपालले सुरुवाती ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५४ रन बनाएको हो।

Vigo
GBIME
Tata

डार्विनमा टस जितेर हुरिकेन्सले नेपाललाई पहिलो ब्याटिङको निम्ता दिएको थियो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाउँदा मयन यादवले ३१, कप्तान अनिलकुमार साहले २८ तथा लोकेश बमले अविजित २० रन बनाए।

बलिङतर्फ हुरिकेन्सका राफ म्याकमिलनले सर्वाधिक ३ विकेट लिँदा मार्कस बिनले २ तथा ब्राडली होप र निवनथन राधाकृष्णनले १ विकेट लिए।

नेपाली टोली यसअघिका दुई खेलमा पराजित भएको थियो। आज नेपाल पहिलो जितको खोजीमा छ।