BIZMANDU
www.bizmandu.com

सिंगापुरमा नेपाल फुटसल कप, च्याम्पियन बने सुर्योदय र ब्लु फ्युरी

२०८३ भदौ ८

सिंगापुरमा नेपाल फुटसल कप, च्याम्पियन बने सुर्योदय र ब्लु फ्युरी
सिंगापुरमा नेपाल फुटसल कप, च्याम्पियन बने सुर्योदय र ब्लु फ्युरी


काठमाडौं। नेपाल फुटसल कप सिंगापुरको छैटौँ संस्करणको उपाधि सुर्योदय र ब्लु फ्युरीले जितेका छन्। नेपलीज सोसाइटी सिंगापुर (एनएसएस) ले शनिबार आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ सुर्योदय एफसी र महिलातर्फ ब्लु फ्युरी एफसी च्याम्पियन बनेका हुन्।

Vigo
GBIME
Tata

सिंगापुर खाल्सा एसोसिएसनमा सम्पन्न प्रतियोगितामा ११ टोलीका ८० खेलाडीले पुरुष, महिला र बालबालिका गरी तीन विधामा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा १५० भन्दा बढी नेपाली समुदायका सदस्यहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

पुरुषतर्फ सुर्योदय एफसीले उपाधि जित्दा गोर्खाली रेन्जर्स एफसी उपविजेता बनेको थियो। महिलातर्फ ब्लु फ्युरी एफसी च्याम्पियन बनेको हो।

प्रतियोगितामा सिंगापुरमा बसोबास गर्ने नेपाली समुदायका सदस्यसँगै म्यानमार र उत्तरपूर्वी भारतका नेपालीभाषी समुदायको पनि सहभागिता रहेको थियो।

फुटसल प्रतियोगितासँगै कार्यक्रममा मौलिक नेपाली परिकार, प्रत्यक्ष सांगीतिक प्रस्तुति तथा विभिन्न सामुदायिक गतिविधि पनि आयोजना गरिएको थियो। प्रतियोगिताको समापनमा खेलाडी, स्वयंसेवक तथा समुदायका सहयोगीलाई सम्मान गर्दै पुरस्कार वितरण गरिएको थियो।

नेपाल फुटसल कपले सिंगापुरमा रहेका नेपाली तथा नेपालीभाषी समुदायबीच सामुदायिक एकता, युवा सहभागिता र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने उद्देश्य राख्दै आएको आयोजकले जनाएको छ।