BIZMANDU
www.bizmandu.com

परराष्ट्रमन्त्री खनाल १४ गते सर्बिया जाँदै, नामको उच्चस्तरीय स्मरणसभामा सहभागी हुने

२०८३ भदौ ८

परराष्ट्रमन्त्री खनाल १४ गते सर्बिया जाँदै, नामको उच्चस्तरीय स्मरणसभामा सहभागी हुने
परराष्ट्रमन्त्री खनाल १४ गते सर्बिया जाँदै, नामको उच्चस्तरीय स्मरणसभामा सहभागी हुने

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल यही भदौ १४ गते सर्बियाको राजधानी बेलग्रेड जाने भएका छन्।

Vigo
GBIME
Tata

असंलग्न आन्दोलन (नाम)को उच्चस्तरीय स्मरणसभामा सहभागी हुन मन्त्री खनाल तीन सदस्यीय टोलीको नेतृत्व गर्दै बेलग्रेड जाने भएका हुन्।

सर्बियाको राजधानी बेलग्रेडमा भदौ १५ र १६ गते उच्चस्तरीय स्मरणसभा आयोजना हुँदैछ। सन् १९६१ मा बेलग्रेडमै असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन भएको थियो।

६५औं वार्षिकोत्सवका अवसरमा यस वर्ष बेलग्रेडमा उच्चस्तरीय स्मरणसभा आयोजना गर्न लागिएको हो। कार्यक्रममा विश्वका नेता तथा असंलग्न आन्दोलनमा सहभागी राष्ट्रका प्रतिनिधि सहभागी हुने तालिका छ।

मन्त्री खनाल १७ गते स्वदेश फर्किने मन्त्रालयले जनाएको छ।