BIZMANDU
www.bizmandu.com

कपिलवस्तुमा १२ करोडमा स्थापित तेल उद्योगले थाल्यो उत्पादन, वार्षिक लक्ष्य ४५०० मेट्रिक टन

२०८३ भदौ ८

कपिलवस्तुमा १२ करोडमा स्थापित तेल उद्योगले थाल्यो उत्पादन, वार्षिक लक्ष्य ४५०० मेट्रिक टन
कपिलवस्तुमा १२ करोडमा स्थापित तेल उद्योगले थाल्यो उत्पादन, वार्षिक लक्ष्य ४५०० मेट्रिक टन

कपिलवस्तु। मायादेवी गाउँपालिका-५, सिहोरहवामा करिब १२ करोड रुपैयाँको लागतमा ‘भारद्वाज तेल उद्योग’ संचालन गरिएको छ।

Vigo
GBIME
Tata

स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थापना गरिएको उक्त उद्योगमा राइस ब्रान नामको खाने तेल उत्पादन सुरु गरिएको हो।

प्रबन्धक ओमशङ्कर उपाध्यायले ८० जनालाई रोजगारी दिइएको बताउँदै उद्योगले वार्षिक ४ हजार ५०० मेट्रिक टन तेल उत्पादन गर्ने लक्ष्य लिएको छ। राइस ब्रान तेल मानव स्वास्थ्यका लागि उपयोगी खाने तेलमध्ये एक रहेको उनले दाबी गरे।

उद्योगबाट उत्पादित तेलमा भिटामिन ‘ए’ र ‘डी’ फोर्टिफाइड गरिएको जनाइएको छ।

‘मानव शरीरका लागि उपयोगी र गुणस्तरीय तेल उत्पादन गर्ने हाम्रो उद्देश्य हो,’ उनले भने।

उद्योगले हाल प्रति लिटर ३६५ रुपैयाँमा तेल बिक्री गरिरहेको छ।

मायादेवी गाउँपालिकाका अध्यक्ष वलीउद्दिन मुसलमानले उद्योग स्थापनाबाट स्थानीयले रोजगारी पाएको बताए। रासस