BIZMANDU
www.bizmandu.com

सरकारले अख्तियारका ४ सहित २७ सहसचिवको सरुवा गर्दा अर्थ मन्त्रालयमा भित्रिए भण्डारी र पाण्डे

२०८३ भदौ ८

सरकारले अख्तियारका ४ सहित २७ सहसचिवको सरुवा गर्दा अर्थ मन्त्रालयमा भित्रिए भण्डारी र पाण्डे
सरकारले अख्तियारका ४ सहित २७ सहसचिवको सरुवा गर्दा अर्थ मन्त्रालयमा भित्रिए भण्डारी र पाण्डे

काठमाडौं। सरकारले २७ जना सहसचिवको सरुवा गरेको छ। भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवाको सूची सोमबार सार्वजनिक गरेको छ।

Vigo
GBIME
Tata

सूची अनुसार अर्थ मन्त्रालयमा दुई जनाको प्रवेश भएको छ। अख्तियारमा कार्यरत वेदप्रसाद भण्डारी र सामान्य प्रशासन मन्त्रालयमा अतिरिक्त समूहमा रहेका राजेन्द्र देव पाण्डे अर्थ मन्त्रालयमा सरुवा भएका हुन्।

वेदप्रसादसहित अख्तियारका ४ जना सहसचिव सरुवामा परेका छन्। पद्मकुमार मैनाली पूर्वाधार विकास मन्त्रालय, नारायण रेग्मी राष्ट्रिय योजना आयोग र रामबहादुर कुरुम्बाङ कर्णाली प्रदेशमा सरुवा भएका छन्।

लगानी बोर्डकी सुनिता नेपाललाई अख्तियार पठाइएको छ।