BIZMANDU
www.bizmandu.com

सुनको भाउ चार दिनमा प्रति तोला १८ हजार ६०० रुपैयाँ बढ्यो, चाँदी भने सस्तियो

२०८३ भदौ ८

सुनको भाउ चार दिनमा प्रति तोला १८ हजार ६०० रुपैयाँ बढ्यो, चाँदी भने सस्तियो
सुनको भाउ चार दिनमा प्रति तोला १८ हजार ६०० रुपैयाँ बढ्यो, चाँदी भने सस्तियो

काठमाडौं। सुनको भाउ चार दिनमा प्रति तोला १८ हजार ६०० रुपैयाँ बढेको छ।

GBIME
Tata

भदौ ३ गते प्रति तोला ३ लाख ४ हजार १०० रुपैयाँका दरले किनबेच भएको सुनको भाउ सोमबार तोलाको ३ लाख २२ हजार ७०० रुपैयाँ पुगेको छ।

गत बिहीबारदेखि सुनको भाउ लगातार बढिरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य सोमबार प्रति तोला ३ हजार २०० रुपैयाँ बढेको हो।

चाँदीको भाउ भने प्रति तोला १० रुपैयाँ घटेर ४ हजार ९६५ रुपैयाँ कायम भएको छ।