BIZMANDU
www.bizmandu.com

बागमती प्रदेशसभाको बैठक बस्दै : मुख्यमन्त्री थापाले विश्वासको मतको प्रस्ताव पेस गर्ने

२०८३ भदौ ८

बागमती प्रदेशसभाको बैठक बस्दै : मुख्यमन्त्री थापाले विश्वासको मतको प्रस्ताव पेस गर्ने
बागमती प्रदेशसभाको बैठक बस्दै : मुख्यमन्त्री थापाले विश्वासको मतको प्रस्ताव पेस गर्ने

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सोमबार विश्वासको मत लिने भएका छन्।

Vigo
GBIME
Tata

यसका लागि प्रदेशसभाको बैठक सोमबार दिउँसो १ बजे बस्दैछ। बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मतको प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनसहित दाबी पेस गरेका थापालाई यही भदौ ४ गते बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

मुख्यमन्त्रीमा गरिएको समर्थनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीमा विवाद छ भने नेपाली कांग्रेसले विश्वासको मतको प्रस्तावका विपक्षमा मतदान गर्न पार्टीका प्रदेशसभा सदस्यहरूलाई ह्विप जारी गरेको छ। रासस