काठमाडौं। नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको ३४ सदस्यीय टोली जापान प्रस्थान गरेको छ।
इन्फोर्मा मार्केट्स जापान कम्पनी तथा जापान ज्वेलरी एसोसिएसनको संयुक्त आयोजनामा भदौ १० देखि १२ गतेसम्म टोकियोमा हुने जापान ज्वेलरी फेयर अवलोकन गर्न अध्यक्ष किसान सुनारको नेतृत्वमा महासंघको टोली आइतबार त्यसतर्फ गएको हो।
टोलीमा महासंघका सचिव केशरबहादुर विश्वकर्मा, कार्यसमिति सदस्यहरू सूर्य बराल र दाना हमाल, कार्यालय प्रमुख राम महर्जन तथा महासंघमा आबद्ध व्यवसायीहरू इच्छाहर्ष बज्राचार्य, कमला विश्वकर्मा, राधा गुरुङ बराल, सन्देश हमाल, जोखिम तामाङ, प्रल्हाद मल्ल, हिरालाल विक, विष्णु सुनार, दिनेशबाबु विश्वकर्मा, लक्ष्मी घतानी र शालिकराम रसाइली छन्।
यस्तै शिवकुमार विश्वकर्मा, प्रेम बहादुर सुनार, बुद्धि सागर गर्ताैला, धनबहादुर बराईली, लक्ष्मी गहतराज, रमेश सुनार, कुमार सुनेल, रुपेश विश्वकर्मा, जयराम खाती, देवेन्द्र शंकर, पूजा थापा, श्याम ल्वागुन सुनार, अनिषा सुनार, भरत विक, दिपेन विश्वकर्मा, रुवी अग्रवाल, मनोज पोद्वार र अंकित खड्काथोकी टोलीमा छन्।
टोलीले जापान ज्वेलरी एसोसिएसन तथा इन्फोर्मा मार्केट्स जापानका पदाधिकारीसँग छलफल गरी दुई देशका रत्न तथा आभुषण उद्योगबीच व्यावसायिक सहकार्यका विषयमा छलफल गर्ने महासंघले जनाएको छ।
महासंघ र जापान ज्वेलरी एसोसिएसनबीच आपसी सहयोग र सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ।