क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपतिले नयाँ कर लगाएर ट्रेड वार (व्यापार युद्ध) सुरु गरेको बताएका छन्।
शुक्रबार अमेरिका र क्यानडाबीचको व्यापार वार्ता असफल भएपछि ट्रम्पले क्यानडामाथि ५० प्रतिशत कर लगाउने घोषणा गरेका थिए।
क्यानडाले दुई देशबीचको व्यापार सम्बन्धमा देखिएको समस्या समाधान बिहीन देखिएको टिप्पणी पनि गरेको छ। उनले अमेरिकाले आफूहरु माथि अमेरिकाले ‘इकोनोमिक अट्याक’ गरेको समेत भनेका छन्।
‘उनीहरुको प्रस्ताव हामीले स्वीकार गर्न सकेनौं। उनीहरुले मागेको हामी दिँदैनौं,’ कार्नीले भने।
दुवै पक्षबीच शुक्रबार सहमति हुने विश्वास थियो। तर, दुवै पक्षले अन्तिम समयमा वार्ताका बुँदाहरु परिवर्तन गरेको आरोप एकअर्का माथि लगाइरहेका छन्।
ट्रम्पले घोषणा गरेको नयाँ कर २० बिलियन अमेरिकी डलर बराबरको क्यानेडियन सामान आयातमा पर्नेछ।
कोर्नीले आफूहरुले क्यानडाको हित बाहिर गएर कुनै सहमति नगर्ने बताएका छन्। उनले ट्रम्पको करविरुद्ध चालिने कदमहरु छिट्टै घोषणा हुने पनि बताएका छन्।