BIZMANDU
www.bizmandu.com

लघुवित्तका ३२३ ऋणी काठमाडौंबाट लागे आ-आफ्नो घर, सरकारले गरिदियो बसको व्यवस्था

२०८३ भदौ ७

लघुवित्तका ३२३ ऋणी काठमाडौंबाट लागे आ-आफ्नो घर, सरकारले गरिदियो बसको व्यवस्था
लघुवित्तका ३२३ ऋणी काठमाडौंबाट लागे आ-आफ्नो घर, सरकारले गरिदियो बसको व्यवस्था

काठमाडौं। सरकारले लघुवित्तका ऋणीहरूलाई घर फर्काएको छ।

Vigo
GBIME
Tata

मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीलाई शनिबार १४ बुँदे सहमति गरी सरकारले आइतबार साझा बसमार्फत आ-आफ्नो घर फर्काएको हो।

विभिन्न सरकारी निकायका अधिकारीको उपस्थितिमा ३२३ जना ऋणीलाई ८ वटा बसमार्फत बिदाइ गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

ऋणीहरु झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा, नवलपरासी लगायत जिल्लाका हुन्।