BIZMANDU
www.bizmandu.com

रास्वपाको ‘नीति, संगठन र नेतृत्व’ मन्थन सुरु, गौतमले पार्टी-सरकार अन्तरसम्बन्धबारे प्रस्तुति दिने

२०८३ भदौ ६

रास्वपाको ‘नीति, संगठन र नेतृत्व’ मन्थन सुरु, गौतमले पार्टी-सरकार अन्तरसम्बन्धबारे प्रस्तुति दिने
रास्वपाको ‘नीति, संगठन र नेतृत्व’ मन्थन सुरु, गौतमले पार्टी-सरकार अन्तरसम्बन्धबारे प्रस्तुति दिने


काठमाडौं। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्यका लागि आयोजना गरेको ‘नीति, संगठन र नेतृत्व’सम्बन्धी दुईदिने कार्यशाला शनिबार काठमाडौंमा सुरु भएको छ।

Vigo
GBIME
Tata

‘रास्वपा कार्यशाला – नीति, संगठन र नेतृत्व, शृंखला-१’ नाम दिइएको कार्यशालामा पार्टीको नीति, संगठन सुदृढीकरण, नेतृत्व क्षमता विकासका बारेमा छलफल भइरहेको रास्वपाका संगठन विभाग प्रमुख प्रमोद न्यौपानेले जानकारी दिए।

‘नेपालको चित्र : हामी कहाँ छौँ?’ शीर्षकमा अनिल चित्रकारले र देशको वर्तमान र अवस्था तथा उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको प्रस्तावना, सामाजिक लोकतन्त्र र त्यसका आधारबारे प्रस्तुति दिने तालिका छ।

महामन्त्री विपिनकुमार आचार्यले पार्टीका आधारभूत मूल्य–मान्यता तथा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा, पूर्वसचिव सुरेन्द्र अर्यालले बजेट निर्माणको वैज्ञानिक प्रक्रिया तथा उपसभापति सोविता गौतमले पार्टी र सरकारबीचको अन्तरसम्बन्ध, समस्या र समाधानका उपायबारे प्रस्तुति दिनेछन्।

कार्यशालाको दोस्रो दिन निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीको संगठनात्मक संरचना, त्यसको सुदृढीकरण र केन्द्रीय सदस्यहरूको भूमिका तथा संगठन विभाग प्रमुख न्यौपानेले ‘मिडिया र सोसल मिडिया : कसरी प्रयोग गर्ने?’ मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ।