BIZMANDU
www.bizmandu.com

शिवशिखर सहकारीका बुटवल, लम्की र सिलगढी शाखाका जिन्सी सामग्री लिलाम बिक्री गरिँदै

२०८३ भदौ ६

शिवशिखर सहकारीका बुटवल, लम्की र सिलगढी  शाखाका जिन्सी सामग्री लिलाम बिक्री गरिँदै
शिवशिखर सहकारीका बुटवल, लम्की र सिलगढी शाखाका जिन्सी सामग्री लिलाम बिक्री गरिँदै


काठमाडौं। समस्याग्रस्त घोषित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको रकम भुक्तानी तथा सम्पत्ति व्यवस्थापन प्रक्रियाअन्तर्गत तीनवटा शाखा तथा मार्टमा रहेका जिन्सी सामग्रीहरू लिलाम बिक्री गरिने भएको छ।

Vigo
GBIME
Tata

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले शनिबार १५ दिने सार्वजनिक सूचना जारी गर्दै व्यावसायिक तथा कार्यालय सञ्चालन प्रयोजनका लागि रहेका सामानहरू बिक्री गर्न लागिएको जनाएको हो।

नेपाल सरकारबाट समस्याग्रस्त घोषणा भएका सहकारीहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्यविधि, २०८३ बमोजिम यो लिलाम प्रक्रिया अघि बढाइएको हो। समितिका अनुसार रुपन्देहीको बुटवलस्थित शिवशिखर बहुउद्देश्यीय संस्थाद्वारा सञ्चालित गार्डन मार्टमा रहेका व्यापारिक तथा कार्यालय प्रयोजनका जिन्सी सामग्रीहरू लिलामीमा राखिएका छन्।

यसैगरी कैलालीको लम्की शाखा र डोटीको सिलगढी शाखामा रहेका कार्यालय सञ्चालन प्रयोजनका जिन्सी सामानहरू समेत बिक्री गरी फरफारक गरिने भएको छ।

लिलाम बिक्री गरिने सम्पत्तिहरूको पूर्ण विवरण र थप प्रक्रियागत जानकारी समितिको वेबसाइटमार्फत हेर्न सकिने समितिले जनाएको छ।