BIZMANDU
www.bizmandu.com

नेपाली क्रिकेट टोली पहिलो खेलमा ८ विकेटले पराजित, सर्राफले टार्न सकेनन् हार

२०८३ भदौ ५

नेपाली क्रिकेट टोली पहिलो खेलमा ८ विकेटले पराजित, सर्राफले टार्न सकेनन् हार
नेपाली क्रिकेट टोली पहिलो खेलमा ८ विकेटले पराजित, सर्राफले टार्न सकेनन् हार


काठमाडौं। नेपाली टोली टप एण्ड क्रिकेटको आफ्नो पहिलो खेलमै पराजित भएको छ। अस्ट्रिलियाको डार्विनमा आज सम्पन्न खेलमा नेपाल ‘ए’ टोली नर्थन टेरिटोरी स्ट्राइकसँग ८ विकेटले पराजित भएको हो।

Tata
GBIME

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको थियो। पहिलो ओभरमै ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालका पवन सर्राफबाहेकका ब्याटर क्रिजमा टिक्नै सकेनन्। सर्राफले सर्वाधिक ४१ रन बनाउँदा लोकेश बमले १६, नारायण जोशीले १५, अनिल शाहले १४ तथा तृतराज दासले १३ रनको योगदान दिए।

बलिङमा टेरिटोरीका हमिस मार्टिनले सर्वाधिक ३ विकेट लिँदा टम मेन्जिज, साम बार्कर, विलियन ब्लेइर र डार्सी सर्टले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको अस्ट्रेलियन टोलीले ५ ओभर बाँकी छँदै २ विकेट गुमाएर लक्ष्य भेट्टाउन सफल भयो। उसका लागि ड्युटी हूगनबोइझमले सर्वाधिक ५० रन बनाउँदा जोर्डन सिल्कले ४२, डार्सी सर्टले २३ तथा जागा कोडुरुले ८ रन बनाए। नेपालका लागि दुबै विकेट पवन सर्राफले लिए।

नेपालले अर्को खेलमा बंगलादेश ‘ए’ सँग खेल्नेछ।