BIZMANDU
www.bizmandu.com

सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयर अब सरकारले नै बनाउने, सचिवको नेतृत्वमा समिति

२०८३ भदौ ५

सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयर अब सरकारले नै बनाउने, सचिवको नेतृत्वमा समिति
सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयर अब सरकारले नै बनाउने, सचिवको नेतृत्वमा समिति

काठमाडौं। सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति तथा आवश्यक मर्मत सम्भार अब सरकारले आफैं गर्ने भएको छ। त्यसका लागि सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन गरिने भएको छ।

Tata
GBIME

भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश स्वीकृत गरिसकेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शासकीय मामिला हेर्ने सचिवको अध्यक्षतामा ६ सदस्यीय समिति गठन हुनेछ। समितिले सार्वजनिक निकायबाट हुने सेवा प्रवाहलाई सूचना प्रविधिमा आधारित बनाउन सफ्टवेयर विकास गर्ने प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिए।