BIZMANDU
www.bizmandu.com

‘नेपालका इन्जिनियरले विश्व नै चकित बनाउने बाइक बनाइरहेका छन्, नाडा अटो शो पृथक छ’

२०८३ भदौ ५

‘नेपालका इन्जिनियरले विश्व नै चकित बनाउने बाइक बनाइरहेका छन्, नाडा अटो शो पृथक छ’
‘नेपालका इन्जिनियरले विश्व नै चकित बनाउने बाइक बनाइरहेका छन्, नाडा अटो शो पृथक छ’


काठमाडौं। गत आर्थिक वर्ष सवा खर्ब रुपैयाँको सवारी साधन र तिनका पार्टपुर्जा आयात भयो। यो आयातबाट मुलुकले पौने खर्ब रुपैयाँ राजस्व पायो।

Tata
GBIME

देशको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा ओगट्ने सवारी साधनसँग सम्बन्धित व्यापारीहरुको संस्था हो, नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल। पाँच दशक अगाडि स्थापना भएको यो संस्थाले हरेक वर्ष काठमाडौंको भृकृटीमण्डपमा सवारी साधन र पार्टपुर्जाको प्रदर्शनी गर्दै आएको छ।

नाडा अटो शोको रुपमा हुने देशकै वृहत प्रदर्शनीले नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउने गर्छ। अझ दसैंको पूर्वसन्ध्यामा गरिने यो प्रदर्शनीले व्यापारीलाई कन्फिडेन्स, उपभोक्तालाई छनोट तथा सहुलियत र राज्यलाई राजस्वको जोहो गरिदिन्छ।

नाडा अटो शो यो वर्ष भदौ ९ गते सुरु हुँदैछ, सदा झैं काठमाडौंको भृकुटीमण्डपमा।

नाडाले स्वर्ण जयन्ती संस्करणका रूपमा आयोजना गर्न लागेको यो पटकको नाडा अटो शोमा १२३ वटा सवारी साधन ब्रान्डका स्टल राखिंदैछ। नाडाले यसपटक अटो क्षेत्रको समग्र इकोसिस्टम प्रदर्शनीमा देखिने दाबी गरेको छ। बजारमा ‘कम्पिटिसन’ बढ्दा प्रदर्शनीलाई वृहत बनाउन जुटिरहेको छ, नाडा।

प्रदर्शनीको व्यस्तताका बीच नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती र टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठसँग गरिएको भिडियो कुराकानी।