BIZMANDU
www.bizmandu.com

कांग्रेस विवादमा अदालतमा फेरि अर्को मुद्दा, १५औं महाधिवेशन रोक्न माग गर्दै देउवा समूह सर्वोच्चमा

२०८३ भदौ ५

कांग्रेस विवादमा अदालतमा फेरि अर्को मुद्दा, १५औं महाधिवेशन रोक्न माग गर्दै देउवा समूह सर्वोच्चमा
कांग्रेस विवादमा अदालतमा फेरि अर्को मुद्दा, १५औं महाधिवेशन रोक्न माग गर्दै देउवा समूह सर्वोच्चमा


काठमाडौं। नेपाली कांग्रेसले १५औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेसँगै पूर्वसभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत पुगेको छ।

Tata
GBIME

देउवा समूह महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्नका लागि माग गर्दै शुक्रबार सर्वोच्च पुगेको हो। देउवा समूहका तर्फबाट रिट निवेदन लिएर दीपक खड्का अदालत पुगेका छन्।

देउवा समूहका नेता मीनबहादुर विश्ववकर्माले पार्टीको आधिकारिकतालाई लिएर अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा महाधिवेशनको प्रक्रिया अगाडि बढाइएकाले रोक्नका लागि सर्वोच्चलाई गुहारेको बताए।

सर्वोच्च अदालतले गत वैशाख ४ गते गगन थापा नेतृत्वको समितिलाई आधिकारिकता दिएको थियो। तर त्यो फैसलाविरुद्ध देउवा समूहले पुनरवलाेकनको माग गरेकामा सर्वोच्चले साउन २१ गते पुन: सुनुवाइ गर्न आदेश दिएको थियो।

त्यही आदेशलाई देखाएर देउवा समूहले अर्को मुद्दा लिएर सर्वोच्च गएको हो। ‘मुद्दा विचाराधीन रहेको अवस्थामा महाधिवेशन सम्बन्धी गतिविधि रोक्नका लागि हामीले स्टे अर्डर माग गरेका छौं,’ विश्वकर्माले भने।

सर्वोच्चमा अर्को मुद्दा लानुअघि शुक्रबार बिहान देउवाले नेता डा शेखर कोइरालासँग छलफल गरेका थिए। देउवा समूहले विशेष महाधिवेशनलाई नमान्ने भन्दै देउवाकै नेतृत्वमा १५औं महाधिवेशन हुनुपर्ने बताउँदै आएको छ।

सभापति गगन थापाले भने गाउँ नगर वडा अधिवेशन भदौ २४ गते, गाउँ नगर अधिवेशन २७ गते, जिल्ला अधिवेशन असोज ३ र ७ गते, प्रदेश अधिवेशन १० गते र केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने गरी भदौ २ गते नयाँ तालिका सार्वजनिक गरेका थिए।