BIZMANDU
www.bizmandu.com

जुम्लाको सिंजा उपत्यकामा फोरजी सेवा सञ्चालनमा, टावर सञ्चालनका लागि सोलार ब्याट्री प्रयोग

२०८३ भदौ ५

जुम्लाको सिंजा उपत्यकामा फोरजी सेवा सञ्चालनमा, टावर सञ्चालनका लागि सोलार ब्याट्री प्रयोग
जुम्लाको सिंजा उपत्यकामा फोरजी सेवा सञ्चालनमा, टावर सञ्चालनका लागि सोलार ब्याट्री प्रयोग

काठमाडौं। जुम्लाको सिंजामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ।

Tata
GBIME

टेलिकमले कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा शुक्रबारबाट फोरजी सेवा सञ्चालनमा ल्याएको हो। सिंजा उपत्यका खस भाषाको उद्गमस्थल मानिन्छ।

टेलिकमले नयाँ टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याएको सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको सचिवालयले जनाएको छ।

मन्त्रीको सचिवालयले टेलिकमको जुम्ला कार्यालयका प्रमुख पारस पुजारालाई उद्यृत गरे अनुसार नयाँ टावरबाट कनकासुन्दरी गाउँपालिकाका-३, ४, ५, ६ र ८ का विभिन्न क्षेत्रमा फोर-जी सेवा उपलब्ध भएको छ।

टावरबाट गौरी, ओखरवाडा, हाट सिंजा, सिम्पाती, लुड्कु, गुठीज्युला बजार, बडुवालवाडा, बारकुडीवाडा, सञ्जेलवाडा, जाच र गोडिङ्गालगायत क्षेत्रमा सेवा पुगेको छ।

राष्ट्रिय प्रसारण लाइनको विद्युत् नपुगेका कारण टावर सञ्चालनका लागि सोलार ब्याट्री प्रयोग गरिएको छ।