BIZMANDU
www.bizmandu.com

काठमाडौंको बाँसबारीमा घर भासियो, भवनमा चलिरहेको थियो गेस्ट हाउस

२०८३ भदौ ५

काठमाडौंको बाँसबारीमा घर भासियो, भवनमा चलिरहेको थियो गेस्ट हाउस
काठमाडौंको बाँसबारीमा घर भासियो, भवनमा चलिरहेको थियो गेस्ट हाउस

काठमाडौं । काठमाडौंको बाँसबारीमा घर भासिएको छ। काठमाडौं महानगरपालिकाका अनुसार वडा नं. ३ बाँसबारीमा रहेको घर बिहीबार राति भासिएको हो।

Tata
GBIME

वर्षातका कारण साढे दुई तले घर भासिएको हो। सो घरमा न्यू गण्डकी गेष्ट हाउस संचालनमा थियो।

सो घरमा अहिले कोही नरहेकोले मानवीय क्षतिको जोखिम नभएको महानगरले जनाएको छ।

घर भासिएपछि नजिकका घरहरु पनि जोखिममा परेका छन्। अहिले सो क्षेत्रलाई सुरक्षित गर्ने कार्य भइरहेको छ।