BIZMANDU
www.bizmandu.com

एनआइएमबीका सिइओ पाण्डेलाई बाहिरै बसेर मुद्दा लड्न अदालतको अनुमति, काममा फर्किन बाधा नपर्ने

२०८३ भदौ ४

एनआइएमबीका सिइओ पाण्डेलाई बाहिरै बसेर मुद्दा लड्न अदालतको अनुमति, काममा फर्किन बाधा नपर्ने
काठमाडौं जिल्ला अदालत।


काठमाडौं। स्मार्ट टेलिकम प्रकरणमा नेपाल इभेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डेलाई घरौटीमा रिहा गर्न अदालतले आदेश गरेको छ।

Tata
GBIME

जिल्ला अदालत काठमाडौंमा बिहीबार उपस्थित भएका पाण्डेलाई न्यायाधीश कमलकान्त जोशीको इजलासले ८० लाख घरौटीमा रिहा गर्न आदेश दिएको हो। आदेश अनुसार पाण्डेले धरौटीको प्रक्रिया पूरा गरेका छन्। अदालतको आदेश अनुसार अब उनी बाहिरै बसेर मुद्दा लड्नेछन्।

प्रचलित कानुन अनुसार पाण्डेलाई नियमित काममा फर्किन बाधा छैन।

जिल्ला सरकारी वाकिल कार्यालय काठमाडौंले साउन २७ गते स्मार्ट टेलिकम प्रकरणमा २२ जनाविरुद्ध ९६ अर्ब विगो दाबी गर्दै अदालतमा मुद्दा दायर भएको थियो।

टेलिकमको ऋण लिलामीको विषयमा सिइओ र बैंकका पदाधिकारीहरुलाई घरपकड गरेकोमा विरोध समेत भएको थियो।