BIZMANDU
www.bizmandu.com

नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वअध्यक्ष आशिष श्रेष्ठलाई २५ लाख धरौटीमा छोड्न अदालतको आदेश

२०८३ भदौ ४

नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वअध्यक्ष आशिष श्रेष्ठलाई २५ लाख धरौटीमा छोड्न अदालतको आदेश
नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वअध्यक्ष आशिष श्रेष्ठलाई २५ लाख धरौटीमा छोड्न अदालतको आदेश

काठमाडौं। नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वअध्यक्ष आशिष श्रेष्ठलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।

Tata
GBIME

विषेश अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरु हेमन्त रावल र उमेश कोइरालाको इजलासले बिहीबार हाजिर भएका आशिषलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

आशिषसहित ३४ जनाविरुद्ध गत जेठ २८ गते अदालतमा मुद्दा दायर भएको थियो।

सम्पत्ति शुद्धीकरण अन्तर्गत दायर गरिएको मुद्दामा दीपक भट्ट, शुलभ अग्रवाल, शेखर गोल्छा लगायतलाई प्रतिवादी बनाइएकामा कतिपय यसअघि नै धरौटीमा छुटिसकेका छन्। भट्ट र अग्रवाल भने पुर्पक्षका लागि थुनामा छन्।