BIZMANDU
www.bizmandu.com

नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले शपथलगत्तै सम्हाले जिम्मेवारी

२०८३ भदौ ४

नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले शपथलगत्तै सम्हाले जिम्मेवारी
नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले शपथलगत्तै सम्हाले जिम्मेवारी

काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले बिहीबार गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष शपथ लिएका हुन्।

Tata
GBIME

मन्त्रिपरिषद्‍को बुधबार बसेको बैठकले रावललाई डेपुटी गभर्नर नियुक्त गरेको थियो। रावलले शपथपछि बिहीबार नै पदबहाली गरेका छन्।

रावल २०६२ माघ २ गते सहायक निर्देशकका रूपमा राष्ट्र बैंकमा प्रवेश गरेका थिए। २०६९ मा उप-निर्देशक, २०७५ मा निर्देशक हुँदै २०८२ जेठ १९ गते कार्यकारी निर्देशकमा बढुवा भएका रावल पछिल्लो समय बैंक सुपरिवेक्षण विभागको नेतृत्वमा थिए।