BIZMANDU
www.bizmandu.com

जनता टेलिभिजनका अध्यक्ष विजय पौडेल पक्राउ, परेको थियो चेक बाउन्सको उजुरी

२०८३ भदौ ४

जनता टेलिभिजनका अध्यक्ष विजय पौडेल पक्राउ, परेको थियो चेक बाउन्सको उजुरी
जनता टेलिभिजनका अध्यक्ष विजय पौडेल पक्राउ, परेको थियो चेक बाउन्सको उजुरी

काठमाडौं। जनता टेलिभिजनका अध्यक्ष विजय पौडेल पक्राउ गरेका छन्। बानेश्वरमा रहेको टेलिभिजनको कार्यालयबाट अध्यक्ष पौडेललाई प्रहरीले पक्राउ गरेको हो।

Tata
GBIME

उनलाई पक्राउ गर्न सिंहदरबार वृत्तबाट प्रहरी टोली गएको थियो। ‘चेक बाउन्सको केस हो। मिलापत्र पनि हुनसक्छ,’ एक प्रहरी अधिकृतले भने।

उनीविरुद्ध चेक अनादरको उजुरी उजुरी परेको थियो। टेलिभिजनका कर्मचारीले नै उजुरी दिएका हुन्। पौडेलले दिएको १ लाख ७५ हजारको चेक लिएर बैंकमा जाँदा खातामा मौज्दात नै नभएको पाइएपछि कर्मचारीले उजुरी दिएका थिए।

पौडेल पूर्वशिक्षामन्त्री मोदनाथ प्रश्रितका छोरा हुन्।