BIZMANDU
www.bizmandu.com

अख्तियारलाई कसैले पनि हतियार बनाउनु हुँदैन, दुरुपयोग गर्न मिल्दैन : कानुनमन्त्री गौतम

२०८३ भदौ ४

अख्तियारलाई कसैले पनि हतियार बनाउनु हुँदैन, दुरुपयोग गर्न मिल्दैन : कानुनमन्त्री गौतम
राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा कानुनमन्त्री सोविता गौतम लगायत


काठमाडौं। कानुनमन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कसैले पनि हतियार बनाउन नहुने बताएकी छन्।

Tata
GBIME

उनले बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारमा पूर्वकर्मचारी पदाधिकारीको रुपमा जाने तथा कसैलाई बचाउने र कसैलाई फसाउने काम भइरहेको भन्दै संवैधानिक निकायलाई हतियार बनाउन नहुने बताएकी हुन्।

‘अख्तियामा पूर्वकर्मचारी जाने चलन छ। कसैलाई बचाउने, कसैलाई फसाउने काम भइरहेको हुन्छ,’ उनले भनिन्, ‘कसैले पनि अख्तियारलाई हतियार बनाउनु हुँदैन। कसैले पनि दुरुपयोग गर्न मिल्दैन।’