BIZMANDU
www.bizmandu.com

यज्ञमणि न्यौपानेको प्रश्न- भोलि मेरै सभापतिमाथि मुद्दा चलाऊ भन्यो भने चलाउने?

२०८३ भदौ ४

यज्ञमणि न्यौपानेको प्रश्न- भोलि मेरै सभापतिमाथि मुद्दा चलाऊ भन्यो भने चलाउने?
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक


काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले प्रधानमन्त्री बालेन्द्र शाह र उनको सचिवालयको दबाबमा राहदानी छपाइ प्रकरणमा भ्रष्टाचार मुद्दा चलाइएको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसँग दबाबमा आधारमा मुद्दा चलाउने नीति लिएको हो भनेर प्रश्न गरेका छन्।

Tata
GBIME

उनले बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित राईसँग ‘भोलि मेरै सभापतिमाथि मुद्दा चलाउ भन्यो भने मुद्दा चलाउने?’ भनी प्रश्न गरे।

उनले राहदानीको ठेक्का प्रकरणमा मुद्दा चलाउनका लागि दबाब दिन प्रधानमन्त्री कार्यालयमा बोलाइएको विषय के हो? भनेर पनि सोधेका छन्। न्यौपानेले वाइडबडी जहाज खरिदको भ्रष्टाचार मुद्दामा राईलाई प्रतिवादी नबनाएका विशेष अदालतले गरेको फैसलाको विषय पनि उठाउँदै नैतिकताका आधारमा पदमा बस्न सुहाउँछ? भनी प्रश्न गरे। उनले राई निजामती सेवामा रहँदा नेपाल आयल निगमको जग्गा खरिद प्रकरण र भुटानी शरणार्थी प्रकरणमा जोडिएको विषय पनि उठाए।