BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्री बालेन र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता, सुशासन र समृद्धि मुख्य सर्त

२०८३ भदौ ३

प्रधानमन्त्री बालेन र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता, सुशासन र समृद्धि मुख्य सर्त
प्रधानमन्त्री बालेन र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता, सुशासन र समृद्धि मुख्य सर्त


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन्।

Tata
GBIME

बालेनले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका हुन्।

बालेनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ, कानुनमन्त्री सोविता गौतम, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग कार्यसम्पादन सम्झौता गरेका छन्।

यस्तै महिलामन्त्री सीता बादी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, कृषिमन्त्री गीता चौधरी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीसँग पनि कार्यसम्पादन सम्झौता भएको छ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल अस्वस्थता र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव संसद्‍ बैठकमा रहेका कारण कार्यसम्पादन सम्झौतामा सहभागी हुन सकेनन्।

मन्त्रीहरुसँग सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री बालेनले मुख्यसचिव गोविन्द बहादुर कार्कीसँग पनि कार्यसम्पादन सम्झौता गरेका छन्।