BIZMANDU
www.bizmandu.com

संचालनमा आयो हायरिङ तथा एप्लिकेन्ट ट्र्याकिङ प्लेटफर्म ‘रिगो जब्स’

२०८३ भदौ ३

संचालनमा आयो हायरिङ तथा एप्लिकेन्ट ट्र्याकिङ प्लेटफर्म ‘रिगो जब्स’
संचालनमा आयो हायरिङ तथा एप्लिकेन्ट ट्र्याकिङ प्लेटफर्म ‘रिगो जब्स’


काठमाडौं । रिगो टेक्नोलोजिज्‌ले रिगो जब्स सार्वजनिक गरेको छ। यो नयाँ प्लेटफर्म मोडर्न र फ्लेक्सिबल हायरिङ तथा एप्लिकेन्ट ट्र्याकिङ सिस्टम हो। यसले साना व्यवसाय देखि ठूला संस्थाहरु सम्मका हायरिङ प्रोसेसलाई व्यवस्थित र सरल बनाउन सहयोग पुर्‍याउने कम्पनीले जनाएको छ।

Tata
GBIME

रिगो टेक्नोलोजिज्‌ले विगत १६ वर्ष देखि एच.आर. टेक्नोलोजीमा काम गर्दै आइरहेको छ। हायरिङ प्रोसेसका विभिन्न स्टेजलाई जोड्ने एउटै सिस्टम नहुँदा एम्प्लोयरहरूले योग्य क्यान्डिडेट समेत गुमाउनुपर्ने अवस्था देखिएपछि यो प्लेटफर्म संचालनमा ल्याइएको हो।

त्यस्तै, क्यान्डिडेटले कामका लागि निवेदन दिएपछि लामो समय सम्म रेस्पोन्सको प्रतीक्षा गर्नुपर्ने अवस्था रहँदै आएको थियो। क्यान्डिडेटलाई आफ्नो आवेदनको के प्रोग्रेस छ भन्ने बारे समेत जानकारी नहुने समस्या थियो। रिगो जब्सले यही एम्प्लोयर र क्यान्डिडेटलाई सहज तरिकाले जोड्ने काम गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार हायरिङ टिमले मोबाइल एप वा वेब पोर्टलबाट सजिलै आफ्नो जब भ्याकेन्सी प्रकाशन गर्न सक्छन् र क्यान्डिडेटका एप्लिकेसन्सहरु सहज रुपमा ट्र्याक गर्न सक्छन्।

हरेक पोजिसनको आवश्यकता अनुसार रिगो जब्समा संस्थाहरूले कस्टम एप्लिकेसन फर्म र हायरिङ टेम्प्लेट तयार गर्न सक्छन् र एप्लिकेसन फर्ममा आवश्यक फिल्ड तथा प्रश्नहरू राख्न सक्ने जनाइएको छ।

हायरिङ टिमले प्राप्त एप्लिकेसनहरु पूर्व निर्धारित क्राइटेरियाका आधारमा मूल्यांकन गर्ने र यसले एम्प्लोयरहरुलाई सही ट्यालेन्ट पहिचान गर्न सहज बनाउँछ र राम्रो क्यान्डिडेट छुट्ने सम्भावना कम गर्ने भनिएको छ।

क्यान्डिडेटले सजिलै प्रोफाइल बनाई मोबाइल एप वा वेब पोर्टलबाट आफ्नो आवश्यकता अनुसार जब सर्च र एप्लाई गर्न सक्ने कम्पनीले जनाएको छ। उनीहरूले आफ्नो एप्लिकेसनको प्रोग्रेसको बारेमा जानकारी पाउँन सक्छन् र मोबाइल एप बाटै सजिलै कम्पनीका प्रश्नको जवाफ पनि दिन सक्ने जनाइएको छ।

त्यस्तै, रिगो जोब्सको इन्टरभ्यु ब्रीफ र स्कोरिङ असिस्टेन्टको सहयोगले एक वा एक भन्दा बढी इन्टरभ्युअरहरुले क्यान्डिडेटलाई तोकिएको क्राइटेरिया अनुसार स्कोर गर्न सक्ने फिचर पनि छ। त्यसपछि सिस्टमले सबै स्कोरलाई मिलाएर क्युमुलेटिभ रेटिङ तयार गरी क्यान्डिडेटको हायरिङ सिग्नल क्याल्कुलेट गरी हायरिङ डिसिजन गर्न सहयोग गर्ने भनिएको छ।

रिगो जब्सले हायरिङ प्रोसेसमा सहयोगीको रुपमा एआईको पनि प्रयोग गरेको जनाएको छ। हायरिङ टिमले आफ्नो आवश्यकता अनुसार इभ्यालुएसन क्राइटेरिया र स्कोरकार्ड कन्फिगर गर्न सक्ने बताइएको छ।

हायरिङ टिमले क्यान्डिडेटको स्किल र एक्सपेरियन्सको समरी तयार गर्ने, आफ्नो जबको आवश्यकता अनुसार क्यान्डिडेट कति म्याच गर्छ भनेर मेटिङ स्कोर हेर्ने, इमेल ड्राफ्ट गर्ने जस्ता काम एआईको सहायताले सजिलै गर्न सक्ने जनाइएको छ।

रिगो जब्सलाई ‘रिगो एच.आर.’ सँग वा रिगो एच.आर. बिना पनि प्रयोग गर्न सकिने जनाइएको छ। रिगो एच.आर. प्रयोग गर्ने संस्थाहरूले दुवै प्लेटफर्महरुलाई कनेक्ट गरी सहज रूपमा काम गर्न सक्छन्। साथै, रिगो जब्सलाई ए.पि.आई. मार्फत अन्य एच.आर. सफ्टवेयरहरू सँग पनि सजिलै चलाउन सकिने कम्पनीले जनाएको छ।

रिगो जब्स आफ्नो संस्थाको हायरिङ प्रोसेसलाई मोडर्नाइज गर्न चाहने सबै संस्थाका लागि उपलब्ध भइसकेको छ। रिगो जब्सको डेमो लिन तथा अफर बारे जानकारी प्राप्त गर्न कम्पनीको बेवसाइटबाट गर्न सकिनेछ।