BIZMANDU
www.bizmandu.com

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब नयाँ पल्स दर, ६० सेकेन्डको पल्स दर लागू

२०८३ भदौ ३

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब नयाँ पल्स दर, ६० सेकेन्डको पल्स दर लागू
एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब नयाँ पल्स दर, ६० सेकेन्डको पल्स दर लागू

काठमाडौं। एनसेलले विभिन्न १९८ गन्तव्य मुलुकका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात बहिर्गमन कलको पल्स दर परिवर्तन गरेको छ।

Tata
GBIME

कम्पनीले नियामक नेपाल दूरसञ्चार प्राधिकरणसँग स्वीकृति लिएर मंगलबारदेखि ६० सेकेन्डको नयाँ पल्स दरमा लागू गरेको हो।

अब अष्ट्रेलिया, बहराइन, क्यानडा, अमेरिका, चीन, फिनल्याण्ड, डेनमार्क, फ्रान्स, जर्मनी, भारत, हङकङ, इटाली, जापान, दक्षिण कोरिया, मलेसिया, न्युजिल्याण्ड, नर्वे, पोल्याण्ड, कतार, रसिया, रोमानिया, साउदी अरेबिबा, सिङ्गापुर, दक्षिण अफ्रिका, स्पेन, स्वीडेन, थाइल्याण्ड, संयुक्त अरब इमिरेट्स लगायत मुलुकमा नयाँ पल्स दर लागू भएको एनसेलले जनाएको छ।