BIZMANDU
www.bizmandu.com

रवि लामिछानेलाई एमालेको प्रस्ताव, ‘प्रधानमन्त्री सहित सरकार पुनर्गठन गरौं’

२०८३ भदौ ३

रवि लामिछानेलाई एमालेको प्रस्ताव, ‘प्रधानमन्त्री सहित सरकार पुनर्गठन गरौं’
रवि लामिछानेलाई एमालेको प्रस्ताव, ‘प्रधानमन्त्री सहित सरकार पुनर्गठन गरौं’


काठमाडौं । नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार फेर्न प्रतिनिधिसभाबाट आग्रह गरेका छन्।

Tata
GBIME

बुधबारको बैठकमा बादलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग प्रधानमन्त्री सहित सरकार फेर्नुपर्ने धारणा राखेका हुन्।

‘रास्वपाका सभापतिले पार्टीको प्रमुख राजनीतिक नेताको हैसियतले प्रधानमन्त्री सहित सरकारको पुनर्गठन गर्न अबिलम्ब पहल गर्नुपर्छ,’ उनले भने।

उनले सम्बोधनका क्रममा विभिन्न चारवटा विकल्प समेत प्रस्तुत गरेका थिए। सभामुख डोल प्रसाद अर्यालले राष्ट्रिय सहमति गराउन पहल गर्नुपर्ने पनि बादलको भनाइ थियो। उनले शाह नेतृत्वको सरकारविरुद्ध २०६२/६३ को जस्तो आन्दोलन हुन सक्ने पनि बताए। उनले शाहलाई अमेरिका, सेना र सोसल मिडियाको अल्गोरिदमबाट चलेको आरोप पनि लगाए।

विदेश नीति र सुरक्षा रणनीतिमा विचलन देखिएको उनले बताएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बादलले रास्वपाको आन्तरिक शक्ति संघर्षले राष्ट्रियतामा खतरा पैदा पनि भने।

‘दिल्लामा रास्वपाका सभापतिको अस्वभाविक रुपमा भव्य रुपमा सम्मान गरिनु र सुपर्दुगी सन्धि नयाँ रुपमा सम्मान गरिनु आपत्तिजनक छ,’ उनले भने।