BIZMANDU
www.bizmandu.com

विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने व्यवस्थाका लागि सरकारले आजैबाट काम गरोस् : विपिन आचार्य

२०८३ भदौ ३

विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने व्यवस्थाका लागि सरकारले आजैबाट काम गरोस् : विपिन आचार्य
विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने व्यवस्थाका लागि सरकारले आजैबाट काम गरोस् : विपिन आचार्य


काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्यले अबको स्थानीय तहको निर्वाचनमा विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

Tata
GBIME

उनले बुधबार प्रतिनिधि सभाको बैठकमा विदेशमा रहेका नेपालीले स्थानीय तहको निर्वाचनमा भोट हाल्न पाउने व्यवस्थाका लागि अहिलेबाटै तयारी गर्न आग्रह गरे।

‘हामी चाहन्छौं, यो पटकको स्थानीय निर्वाचनमा संसारभरका प्रवासी नेपालीले भोट हाल्न पाउन्। त्यसका लागि जे जे कानुनी उपाय गर्नुपर्छ त्यो गर्न सुरु गरौं। त्यसको प्राविधिक पाटो अझ बढी पेचिलो हुन्छ। हामीले जहिले पनि नोट चल्न भोट नचल्ने स्थिति अन्त्य हुनुपर्छ भनेका छौं। पार्टीले जहिले पनि भनेको छ,’ उनले भने, ‘त्यसैले सभामुखमार्फत मेरो सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, यो पटकको स्थानीय निर्वाचनमा संसारभर रहेका नेपालीले भोट हाल्नका लागि जे जे गरिनुपर्छ त्यसलाई प्रायोरिटीमा राखेर आजैदेखि काम सुरु गरियोस्। किनकि यो गाह्रो विषय हो। त्यसका लागि धेरै तयारी चाहिन्छ। तयारी गर्न म आग्रह गर्छु।’